SHREE RAMTULASI HIGH SCHOOL


"आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन "
Working time:Sunday - Friday 07:00am to 17:00pm


 
शिलबन्दी दरभाउ आह्वान: शिलबन्दी दरभाउ फाराम अभिभावक विवरण: अभिभावक विवरण विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । विदा सम्बन्धि सूचना: पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ । मन्टेश्वरी शिक्षक अावश्यकता : मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना शिक्षक विज्ञापन सम्बन्धि सूचना : एग्रीकल्चर

WELCOME TO SHREE RAMTULASI SECONDARY SCHOOL

ABOUT US
शैक्षिक विकासबाट नै समग्र राष्ट्रिय विकासको आधार तयार हुन सक्छ भन्ने तथ्यलाई हृदयंगम गरी पूर्वि पाल्पाको रामपुरमा वि.स.२०२५ मा रामतुलसी मा.वि. को रुपमा स्थापित भै अनेकांै आरोह– अवरोह पार गर्दै वि.स.२०६४ मा रामतुलसी उच्च मा.वि.को रुपमा रुपान्तरण भएको हो । शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान र शिक्षा विज्ञान मुख्य विषय राखी पूर्वी पाल्पाका अधिकांश गा.वि.स , स्याङजा , तनहुँ र नवलपरासीका विद्यार्थीहरुलाई उच्च शिक्षा दिने फराकिलो अवधारणा लिई संचालित छ । आर्थिक, सामाजिक रुपले पछाडी परेका न्यून आयस्तर भएका तथा मध्यम वर्गका, दलित, आदिवासी, जनजाति, मुस्लिम एवम् अन्य जातजातिका टाढा शहरसम्म पुगेर शिक्षा आर्जन गर्न नसक्ने माध्यमिक तह पूरा गरेका छात्र–छात्रालाई सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा प्रयत्नरत छ । विद्यार्थीहरुको सिकाईलाई दृष्ट्रिगत गरी उनीहरुलाई देशको सक्षम जनशक्तिका रुपमा स्थापित गराउन निरन्तर व्रिmयाशिल रहि सञ्चालित छ । विद्यालय र विद्यार्थीहरुको शैक्षिक वातावरण उपयुक्त हुनका लागि थप श्रोत र साधन परिचालन हुन आवश्यक देखिएको छ । शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालयको भौतिक व्यवस्थापन सु– सम्पन्न गर्न, आवश्यक पर्ने शैक्षिक सामग्री र साधन व्यवस्थित र पर्याप्त गराउन, शैक्षिक परिपाटीलाई समयानुकुल परिवर्तन गर्दै राष्ट्रिय मापदण्डमा पु¥याउनका लागि पर्याप्त शैक्षिक सामग्रीको व्यवस्था, सर्वसुलभ पुस्तकालय , उपयुक्त फर्निचर, सुरक्षित वातावरण, टाढा– टाढाबाट आउने विद्यार्थीका लागि आवासीय सुविधा उपलब्ध गराउन तथा न्यून आयस्तर भएका दलित, आदिवासी , जनजाति, मुस्लिम र अन्य जातजातिका विद्यार्थीहरुका लागि छात्रवृत्ति एवं विज्ञान र विकसित प्रविधिहरुको प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने मूल ध्येय र अवधारणा अनुरुप आवधिक योजना निर्माण गर्ने ध्येयकासाथ यो विद्यालयको गुरु योजना (२०७५–०८०) लागु गरि कार्यान्वयन गरिएको छ । जसवाट विद्यालयको हरेक वर्ष गरिने प्राथमिकता क्षेत्र निर्धारण भई योजनावद्ध विकासमा सहयोग पुग्ने छ ।

OUR HISTORY


पूर्वि पाल्पाको रमणीय भूमि साविबको रामपुर गा.वि.स को वडा नं. ४, हाल रामपुर नगरपालिका वडा नं. ५ बेझाड बजार नजिक यस विद्यालय अवस्थित छ । वि.स. २०२५ साल भन्दा अगाडी पूर्वि पाल्पा लगायत स्याङ्जाको दक्षिणी भाग, तनहुँको दक्षिण–पश्चिम तथा नवलपरासीको उत्तरी भागका गा.वि.स हरुमा माध्यमिक स्तरको शिक्षा दिने विद्यालय नभएको र यहाँ र यस वरपर का शिक्षाप्रेमी, समाजसेवी, राजनीतिकर्मी, सर्वसाधारणहरुको प्रयास बाट रामतुलसी उच्च मा.वि. स्थापना भएको हो । तत्कालिन अवस्थामा धेरै गा.वि.स हरुका विद्यार्थीहरुको माध्यमिक स्तरको शिक्षा दिने एकमात्र विद्यालय भएकोले हाइस्कूल भनेर चिनिन्थ्यो र अझ सम्म पनि हाइस्कूल भनेर चिनिन्छ । वि.स. २०२७ सालमा पहिलो पटक एस.एल.सी. मा समावेश भएको विद्यालय हो । वि.स. २०३१ साल मा सबैको श्रम पसिना बटुलेर १४ कोठे भवन बन्यो वि.स. २०३३ सालमा विद्यालयको नाममा ११९ रोपनी जग्गा नापी भयो २०३१ सालदेखि कृषि व्यवसायिक विषय राखी सञ्चालन भयो । २०६० सालदेखि कृषि विषय हटाई शिक्षा विषय समावेश गरीयो । वि.स. २०६४ साल देखि शिक्षा तथा मानविकी विषयमा, २०६५ साल देखी व्यवस्थापन र विज्ञान संकाय समेत उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन प्राप्त गरी उच्च मा.वि. सञ्चालनमा आएको हो । २०४७ साल देखि एस.एल.सी. परीक्षा केन्द्र र रामपुर श्रोतकेन्द्रको श्रोत विद्यालयको रुपमा रहेको छ । वि.सं. २०७० देखि ऋत्भ्ख्त् बाट सम्बन्धन प्राप्त वि.सं. २०७१ बाट डिप्लनोमा इन एग्रीकल्चर (बाली विज्ञान) समेत सञ्चालनमा छ ।
  • २०२५ सालमा रुखमुनी चौतारीमा कक्षा संचालन गरि बिद्यालयको सुरुवात
  • खेल मैदानको रुपमा रहेको टार बिद्यालयको नाममा दर्ता
  • २०२६ मा माध्यामिक स्तरको १ शिक्षक दरबन्दी र बिद्यालय संचालन स्वीकृति
  • २०२७ मा ७ जना विद्यार्थीले एस.एल.सी. परिक्षा दिएकोमा १ जना उतिर्ण हुन् सफल
संदेश
श्री बालकृष्ण लम्साल
प्रधानाध्यापक
 

सुभकामना संदेश

 
पबित्र धाम मुक्तिनाथबाट प्रारम्भ भई प्रबाह हुने पबित्र कालीगण्डकी नदी सिंचित यस कालीगण्डकी उपत्यकाको केन्द्र भागमा त्रेत्रा युगका मर्यादा पुरुषोत्तम भगवान श्री रामचन्द्र तथा पवित्रताकी प्रतिमूर्ति निजकी असल अर्धांगिनी सीताले विचरण गरी पवित्र भएको यस पुण्यभूमि रामपुर साँचैको स्वर्गको टुक्रा जस्तो सुन्दर छ l

आजभन्दा ५० बर्ष पहिले बि.सं. २०२५ मा यस कालीनदी बेसीकै पहिलो माध्यामिक विद्यालयको रुपमा श्री रामतुलासी माध्यामिक विद्यालय स्थापना भै यस क्षेत्रमा उज्यालो प्रकास छर्दै आई रहेको छ l ५० बर्ष पार गरि ५१ औ बर्षमा प्रवेश गर्दा सम्ममा त्यस बिद्यालय जिल्लाकै धेरै बिद्यार्थी संख्या भएको, भौतिक साधान र श्रोत सुसम्पन्न रही नेपाली र अंग्रेजी माध्यममा कक्षा १० सम्म, कक्षा ११ ३ १२ मा शिक्षा बिज्ञान, शिक्षा, बिज्ञान, ब्यबस्थापन, मानविकीका साथै प्राविधिक धार तर्फ ३ बर्षे कृषि वाली बिज्ञान बिषयको पठनपाठन गराउंदै नेपालकै नमुना विद्यालयको छनौट चरणमा प्रवेश गर्न सफल भएको छ l
मिति: 2019-03-05


Management Team

श्री रामतुलसी माध्यमिक विद्यालय`को हालको बिद्यालय ब्यबस्थापन समिति

शेषकान्त भट्टराई

अध्यक्ष

विशाल श्रेष्ठ

सदस्य

सिर्जना पाैडेल

सदस्य

दुर्गा देवी पाण्डे

सदस्य

दुर्गा प्रसाद पाेखरेल

सदस्य

श्री दुर्गा देवी राना

सदस्य

जुनु शेख

सदस्य

श्री बालकृष्ण लम्साल

सदस्य सचिव

महेश कुमार पाैडेल

शि.अ.सं. अध्यक्ष

Website Visitor Count: 170

Noticeboard
शिलबन्दी दरभाउ आह्वान

शिलबन्दी दरभाउ फाराम

प्रकासन मिति : 2024-05-02

अभिभावक विवरण

अभिभावक विवरण

प्रकासन मिति : 2024-02-11

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

विदा सम्बन्धि सूचना

पुष २८ गते देखि माघ १० गते सम्म विद्यालय बन्द रहने तथा ११ गते देखि नियमित पठनपाठन हुने व्यहाेरा सबैमा जानकारी गराइन्छ ।

प्रकासन मिति : 2023-01-13

मन्टेश्वरी शिक्षक अावश्यकता

मन्टेश्वरी शिक्षक अावश्यकता सम्बन्धी सूचना

प्रकासन मिति : 2022-08-07

शिक्षक विज्ञापन सम्बन्धि सूचना

एग्रीकल्चर

प्रकासन मिति : 2022-02-20



SHREE RAMTULASI SECONDARY SCHOOL
आधारभूत भौतिक पूर्वाधार सहित गुणस्तरीय शिक्षाको लागि योगदान, अनुसन्धानात्मक प्रतिस्पर्धी शिपयुक्त सक्षम जनशक्ति उत्पादन
CONTACT
Rampur, Palpa
977 075 400217
ramtulasirampur@gmail.com & info@ramtulasi.edu.np
SUBSCRIBE WITH US

Copyright © All rights reserved. Powered by IMERP